प्रचण्डले भने : जनताको लागि काम नगर्ने हो भने पार्टी विघटन गरे हुन्छ
१८ भदौं , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले जनताको पक्षमा काम नगर्ने पार्टीको अब अर्थ नभएको बताएका छन् । आज (शुक्रबार) माओवादी केन्द्र बागमती प्रदेश समितिको प्रशिक्षणमा बोल्दै प्रचण्डले जनताको लागि काम नगर्ने हो भने पार्टी विघटन गरे हुने बताएका हुन् ।
वर्गीय पक्षधरता र क्रान्तिकारी संस्कृति भएन भने र उत्पीडित जनताको पक्षमा काम गरिएन भने पार्टीको काम नहुने उनको भनाई छ । नेता–कार्यकर्ताहरु जनतामा फर्किनु पर्ने बताउँदै उनले यस्तो गरेमा मात्र पार्टी बन्ने र समाजवादको बाटो कोरिने उनले बताए । प्रशिक्षण भेलामा जिल्ला अध्यक्षहरुले रिपोर्टिङ गरेका छन् ।
केन्द्रीय समितिको बैठकको निर्णय कार्यान्वयनकै सिलसिलामा यी बैठकहरु भइरहेका हुन् । यसअघि केन्द्रले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको प्रशिक्षण गरिसकेको छ । अध्यक्ष प्रचण्डले यसअघि पनि जनसरोकारका मुद्दालाई पार्टीले नसमाउने हो भने पार्टी विघटन गरेर किताव लेख्दै बस्दा हुने बताइसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply