दार्चुला घटनाको विरोधमा काठमाडौंमा मोदीको पुत्ला दहन
१८ भदौं, काठमाडौं । नेकपा एकीकृत समाजवादी सम्वद्ध विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । दार्चुला घटनाको विरोधमा विद्यार्थीहरुले शुक्रबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै मोदीको पुत्ला जलाएका हुन् ।
गत साउन १५ मा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुनइको डोरी काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । घटनाबारे छानविन गर्न बनाएको गृह मन्त्रालयका सहसचिव नेतृत्वको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ ।
विद्यार्थीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाउने काम समेत नगरेको भन्दै सरकारको पनि आलोचना भइरहेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply