एमाले जुम्लाका ५८ पदाधिकारीले रोजे नेकपा ‘एस’
१९ भदौं, जुम्ला । सांसदसहित नेकपा एमाले जुम्लाका ५८ पदाधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । आज भएको पत्रकार भेटघाटमा पदाधिकारीले समाजवादी पार्टी रोजेको घोषणा गरेका हुन् ।
प्रदेश सभा सांसद पदमबहादुर रोकाया, अध्यक्ष तिर्थ बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहितका ६१ जना जिल्ला कमिटीमध्ये तीन जना बाहेक अन्य सबैले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
पत्रकार भेटघाटमा जारी गरिएको विज्ञप्तिमा प्रदेश सभा सांसद रोकायासहित नगरपालिकामा जितेका सबै वडाध्यक्षहरुको निर्वाचन आयोगमा सनाखत भइसकेको र अन्य जनप्रतिनिधिहरुले भाद्र २२ गतेसम्म सनाखत गर्न आह्वान गरिएको छ ।
सांसद रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरष्कारले आफूहरु नेकपा एकीकृत समाजवादी यात्रामा लाग्न बाध्य भएको बताए । पार्टीले जुम्लामा २३ गते भेला गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply