सुदूरपश्चिम प्रदेशमा भीम रावल एक्लिँदै
२२ भदौं, धनगढी । नेकपा एमालेभित्र सुदूरपश्चिम प्रदेशमा आफ्नो वर्चश्व जमाएका उपाध्यक्ष भीम रावल अन्ततः एक्लिँदै गएका छन् । सोमबारसम्ममा सुदूरपश्चिम प्रदेशसभाका १४ जना एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा समाहित भएसँगै उनी करिब करिब एक्लिएको जानकार बताउँछन् ।
प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १४ जना औपचारिक रुपमै एकीकृत समाजवादतिर लागेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले पनि नेपालको पार्टी रोजेपछि एमालेलाई मात्र होइन रावलको राष्ट्रिय राजनीतिमा पनि धक्का लागेको छ ।
सुदूरपश्चिम प्रदेशमा एमालेका पक्षमा भीम रावल जस्ता पुराना कमाण्डर मात्र नभई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका लेखराज भट्ट पनि एमालेमा रहँदा समेत एमाले कमजोर बनेको छ । एमालेको नवौं महाधिवेशनमा माधव नेपाल पक्षबाट उपाध्यक्ष जितेका रावल लामो समयसम्म नेपाल क्याम्पमै रहे । रावलले नेपाल समूहबाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्नका लागि विवाद निरुपण कार्यदलमा समेत रहेर १० बुँदे सहमति गरे ।
रावल माधव नेपालले अलग पार्टी गठन गर्दा ओलीतिरै लागे । जबकी माधव नेपालले आफूलाई अगाडि बढ्नका लागि उक्साउनेहरुले नै छाडेर गएको गुनासो गरिरहँदा रावल एक नम्बरमा थिए । रावलले ओलीलाई छाड्न उक्साएको बुझिन्थ्यो । रावल ओलीतिर लागेपछि डोटीका सांसद प्रेम आले भने अचानक माधव नेपालसँग आइपुगे । अहिले रावल ओलीतिर आले नेपालतिर भएका छन् ।
सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले नेकपा विभाजन भएपछि रावल माधव नेपालको पक्षमा लाग्दा एमाले अध्यक्ष ओलीले माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई एमालेको सुदुरपश्चिम इञ्चार्ज बनाएका थिए ।
तर एमालेमा आएको विभाजनमा रावल ओलीतिर लागेपछि ओलीले पुनः भदौ १३ पछि रावल नै इञ्चार्ज रहेको सर्कुलर जारी गरेका भए पनि रावलले आफ्नो प्रदेशमा पहिलाको जस्तो पकड जमाउन सकेनन् । राष्ट्रियताका सवालमा खरो र तर्कपूर्ण टिप्पणी गर्ने रावल ओलीले संविधान विपरीत गरेको संसद विघटनलाई प्रतिगामी भन्दै आएका थिए । तर पछिल्लो पटक उनै ओलीसँग जोडिन पुगेपछि विगतमा रावललाई साथ दिँदै आएका सुदूरपश्चिमका नेताहरुले समेत उनलाई छाडे । पहिला रावलकै स्वकीय सचिव रहेका र अहिले राष्ट्रिय सभाका सांसद समेत रहेका शेरबहादुर कुँवरलेसमेत छाडे ।
दीर्घ सोडारी, बलबहादुर कुँवर लगायतका हस्तीले पनि रावलको साथ छाडे । रावलसँग अहिले झपट रावलसहितका केही नेताहरु मात्र रहेका छन् । सांसद शेरबहादुर कुँवरको पक्षमा अछाममा राम्रो जनमत रहेको नेताहरुको भनाई छ । कुँवरले मात्रै होइन रावलका विश्वास पात्र मानिने अन्य जिल्लाका नेताहरुले पनि उनको साथ छोडेकाले शक्ति क्षयीकरण भइरहेको छ ।
तर दीर्घ सोडारीले मुख्यमन्त्री पाउने भएपछि उनी माधव नेपाललाई साथ दिन पुगेको अनुमान पनि कतिपयले गरेका छन् । सोडारीलाई एमालेमै रहेका बेला पार्टीले कारबाही गरेको थियो । त्यतिबेला भीम रावल लगायतका नेताहरुले सोडारीको कारबाही फुकुवा गराउन पहल गरेका थिए ।
सुदूरपश्चिममा नेपालको नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बन्न पुगेको छ । सबैभन्दा ठूलो दल रहँदै आएको एमाले चौथोमा झरेको छ । मंगलबार (भदौ २२) सम्म दल परिवर्तन गर्न पाउने गरी निर्वाचन आयोगले समय दिएको छ ।
हाल कायम रहेको ५२ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका १० र जनता समाजवादीका दुई सांसद छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply