एमसीसी मुलुकको हितमा छैन : एमाले
२३ भदौं, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको बताएको छ । आज (बुधबार) बसेको एमाले संसदीय दलको बैठकले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको संसदीय दलको बैठकले एमसीसी देशको हितमा नरहेको निष्कर्ष निकालेको जानकारी दिएका हुन् । आज नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकले सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टीको कार्यकर्ता जस्तो भएको, निर्वाचन आयोग एमाले टुक्र्याउन उद्धत रहेको, जयसिङ धामीको घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको जस्ता विषयमा एमाले मुकदर्शक बन्न नसक्ने निर्णय गरेको उनले जानकारी दिए । आज अपराह्न ४ बजे संसद् बैठक बस्दै छ । एमालेले उल्लिखित मुद्दा उठाउँदै संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले एमसीसी पास गर्ने जिम्मा आफूहरुको नभएको बताएका छन् । बुधबार पार्टीका सांसदहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमसीसी आफूहरुले सम्झौता समेत नगरेकाले अध्ययनपछि मात्रै पार्टी निर्णयमा पुग्ने बताएका हुन् ।
‘एमसीसी अहिले छलफल र डिबेटको रुपमा आएको छ । त्यसलाई छलफलमा जान दिउ न ! दलहरूलाई धारणा बनाउन दिऊ, तर्कहरु गर्न दिउ, अर्को कुरा यो पास गर्ने जिम्मा पनि हाम्रो होइन’ ओलीले भने, ‘यो सन्धि हामीले गरेको पनि होइन र यो अभिभारा अहिले हाम्रो काँधमा पनि संसदमा एमसीसीको प्रस्ताव आएको खण्डमा त्यतिबेला गम्भिरतापूर्वक विचार र निर्णय गर्ने तर अहिले यसमा धेरै अग्रसर नहुन ओलीले आफ्ना सांसदहरुलाई निर्देशन समेत दिए । ‘यो त अहिले धेरै डिवेटेवल छ यस्तो प्रश्नमा अहिले हतारिनु पर्दैन’ ओलीको भनाइ छ ।
सत्ता गठबन्धनले प्रश्न सोधेको जवाफ नआएको भनिरहेको भन्दै प्रश्न सोधिए पनि एमसीसीको मुल सम्झौता नफेरिने बताए । उनले देश र आम जनताको हितका विरुद्ध एमालेले निर्णय गर्न नसक्ने पनि बताए । ‘हामी नेपाली जनता रुष्ट हुन्छन् भने हामी त्यसमा अघि बढ्दैन’ ओलीको भनाइ छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply