कुर्सी र सत्ताका लागि एमसीसीसँग देशको स्वाभिमान साट्दैनौँ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सँग सैन्य रणनीति नजोडिएको ग्यारेन्टी खोजेका छन्।
नेपालगञ्जमा शनिबार युवा संघ नेपाल लुम्बिनी प्रदेश भेला र पिपुल्स भोलेन्टियर्सको घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले नेपालका लागि एमसीसी ठीक छ भन्ने पुष्टि भए मात्रै पारित गर्ने पनि बताए।
अध्यक्ष नेपालले अमेरिकाले एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित ग्यारेन्टी दिनुपर्ने पनि बताएका छन्। ‘सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो हुँदैन’, उनले भने, ‘एमसीसी कुनै सैन्य रणनीतिसँग जोडिएको छैन भनेर हामीलाई हामीलाई लिखित ग्यारेन्टी चाहियो।
उनले अमेरिकाले यो विशुद्ध विकास योजना मात्रै हो भन्ने लिखित प्रतिवद्धता जनाए मात्रै अनुमोदन गरेर कार्यान्वयनमा लैजान सकिने पनि बताए।
‘यो आयोजना विकासका लागि मात्रै भएको लिखित नोट अमेरिकाबाट आएपछि मात्रै हामी समर्थन जनाउँछौँ’, उनले भने, ‘कुर्सी र सत्ताका लागि देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको हामी समर्थन गर्न सक्दैनौँ।’
फरक प्रसंगमा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भकै पार्टीले सरकार गुमाउनुपरेको पनि जिकिर गरे। उनले ओलीकै दम्भले आफुहरुले नयाँ खोलेको पनि बताए। नेपालले देशका केही प्रदेशमा एमालेभन्दा आफूहरु बलियो रहेको पनि उनले जिकिर गरे।
उनले देशमा अहिले पाँच दलको वाम-लोकतान्त्रिक गठबन्धन र एमाले, राप्रपासहितको दक्षिणपन्थी गठबन्धन रहेको पनि जिकिर गरे। दक्षिणपन्थीहरुलाई आफूहरुले हराएर अघि बढ्ने उनले बताए।
अध्यक्ष नेपालले ओलीले आफ्नो सत्ता जोगाउन विदेशीसँग लम्पसार परेको आरोप पनि लगाए। सत्तामै टिक्ने नाममा दुई दुई पटक संसद विघटन गरेकै कारण व्यवस्था जोगाउन आफूहरुले विद्रोह गरेको उनको जिकिर थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply