सत्ता गठबन्धनको वैठक सकियो, मन्त्रिपरिषद् विस्तारमा जुटेन सहमति
२७ भदौं, काठमाडौं । सत्ता गठबन्धनबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार थप पछि धकेलिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बिहान बसेको बैठक पनि सहमतिमा पुग्न नसकेको हो ।
वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।
आइतबारको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन् । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन भनेका थिए ।
‘मन्त्रिपरिषद विस्तारबारे आज पनि नेताहरुबीच छलफल भयो, तर ठोस सहमति जुटेन, एक दुई दिनमा पुन छलफल गरेर टुङ्ग्याउन नेताहरु सहमत भएका छन्’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
बैठकमा मन्त्रिपरिषद् विस्तारसँगै संसद्मा जारी अवरोध कसरी हटाउने भन्नेबारे छलफल केन्द्रित भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष एमालेले लगातारजसो संसद् बैठक अवरुद्ध गर्दै आएको छ । आइतबार पनि दिउँसो एक बजेका लागि संसद् बैठक डाकिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply