ओलीको निर्देशन : सुदूरपश्चिम इञ्चार्ज लेखराज यथावत, रावलले उपाध्यक्षकै काम गर्नू
२७ भदौं , काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश पार्टी इञ्चार्जमा लेखराज भट्ट नै यथावत रहने स्पष्ट पारेका छन् ।
अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इञ्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिएका छन् । आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने बताएका हुन् ।
नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इञ्चार्ज उपाध्यक्ष समेत रहेका भीम रावल हुनुपर्ने भए पनि अध्यक्ष ओलीले लेखराज भट्टले नै उक्त जिम्मेवारी सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न भनेका हुन् ।
भट्ट गत फागुन २३ पछि एमाले सुदुरपश्चिम इञ्चार्ज तोकिएका हुन् । त्यसबेला रावल माधव नेपाल समूहमा थिए । माधव नेपालसहितका नेताहरुले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुन ओलीसँगै बसेका थिए । १० बुँदे कार्यदलका संयोजक समेत रहेका रावल पार्टी जेठ २ मा फर्कने भन्ने सहमतिपछि सुदूरपश्चिमको संयोजक पनि स्वत आफै हुनुपर्ने पक्षमा छन् । ओलीको निर्देशनमा रावलले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिएको स्रोतले जानकारी दिएको छ ।
तर रावलको उक्त चाहना अध्यक्ष ओलीका कारण पुरा हुन नसक्ने भएको छ । सुदुरपश्चिम संयोजकमा रावल र भट्टबीच विवाद भएपछि आइतबार बिहान अध्यक्ष ओलीले उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई बालकोटमा बोलाएका थिए । ‘कार्यविभाजन यथावत छ । जिम्मेवारी परिवर्तन भएको छैन’, बालकोटमा ओलीले रावललाई भनेका थिए, ‘तपाई उपाध्यक्ष र सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।’ ओलीले नेताहरुकाबीचमा प्रष्ट भनेका थिए, ‘जेठ २ जस्ताको तस्तै लागु हुँदैन । यसमा प्रष्ट हुनुस् ।’
तर छलफलमा भीम रावलले पार्टी २ जेठ २०७५ मा फर्केपछि पुन आफुले नै सुदूरपश्चिमको इञ्चार्ज हुनुपर्ने अडान ओली समक्ष राखेका थिए । ‘पार्टी जेठ २ मा फर्कने भनेपछि त्यही अनुसार अघि बढ्नु पर्छ भन्ने मेरो मान्यता हो’, रावलले बालकोटमा ओलीको भनाइप्रति असहमति प्रकट गरेका थिए । तर ओलीले रावलको भनाइप्रति असहमति जनाउदै सहजीकरणको मात्रै नेतृत्व लिन निर्देशन दिएका थिए ।
‘हिजोको नेकपा एमाले, नेकपा अनि अहिलेको नेकपा एमालेको अस्तित्व छ, त्यहाँ कमिटी छन् र जिम्मेवारी तोकिएका छन्, त्यसैले जिम्मेवारी पनि त्यसैअनुरुप नै हुन्छ’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नेकपा एमालेले जुन कार्यविभाजन गरेर जिम्मेवारी तोकेको छ त्यो यथावत रहन्छ ।’
नेकपा एमालेले १० बुँदे कार्यान्वयनका सन्र्दभमा सहजीकरण गर्न सुदूरपश्चिममा नेता रावल, भट्ट र कर्ण थापालाई जिम्मेवारी दिएको छ । ‘हामी तीन जनाले सहजीकरण मात्रै गर्ने हो’, नेता कर्ण थापाले भने, ‘तीन जनामध्ये उपाध्यक्ष भएको नाताले नेता रावलले सहजीकरणको मात्रै नेतृत्व गर्ने सहमति बनेको छ ।’
थापाले प्रदेश कमिटीको अध्यक्ष आफू र प्रदेश इञ्चार्ज लेखराज भट्ट नै भएको दावी गरे । सर्वोच्च अदालतले २३ फागुनमा ब्यूँताएको एमालेमा विवाद बढेपछि समाधानका लागि असार २७ मा ओली र माधव नेपाल समूहको १० सदस्यीय कार्यदलबीच १० बुँदे सहमति भएको थियो ।
उक्त सहमतिमा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठन नवौँ महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र कार्यदिशा र विधानको व्यवस्था बमोजिम ०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने’ उल्लेख छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply