सुदूरपश्चिमको इञ्चार्ज मै हुँ, भीम रावलजीसँग मतभेद छैन : लेखराज भट्ट
२९ भदौं, कञ्चनपुर । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इञ्चार्ज आफू नै भएको बताएका छन् । प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इञ्चार्ज तोकेको बताउँदै भट्टले इञ्चार्जको विषयमा कुनै विवाद नरहेको दावी गरेका छन् ।
स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा एमाले हो भन्नु भएको छ, नेता भट्टले भने, सुदूरपश्चिमको इञ्चार्ज कमरेड लेखराज भट्ट, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावल कमरेडले सहजीकरण कार्यदलको नेतृत्व गर्दै तलका समस्या समाधान गर्ने भनेकाले सोही अनुसार हामी अघि बढेका छौं ।
नेता भट्टले रावल र आफ्नोबीचमा समेत कुनै खालको मतभेद नरहेको दावी गरेका छन् । ‘रावल कमरेडले पार्टीभित्र आफ्नो मत राख्नुलाई स्वभाविक मान्नु पर्छ । अहिले कार्य विभाजनको प्रश्न हो । उहाँ (रावल) र मेरोबीचमा मतभेद अथवा भिन्न मत छैन’ उनले भने, ‘सदभावपूर्ण व्यवहार र एकअर्कालाई बुझेर सँगै सहकार्य गरेर जाने हो ।’ एमाले सदूरपश्चिम इञ्चार्जको विषयलाई लिएर पार्टीभित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उनले विवाद नभएको जिकिर गरेका हुन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply