मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली
३० भदौ, बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिध्याउन’ लागेका कारण आफूले उनीविरूद्ध उजुरी दिएको बताएकी छन् ।
उनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मंगलबार पोखरेलसहित चारजनाविरूद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् । वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको दावी गरेकी छन् ।
त्यस घटनामा उनले निवर्तमान मुख्यमन्त्री पोखरेल, लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध कारबाहीको माग गरेकी छन् ।
म त्यो बेला मुद्दा मामिला गर्ने पक्षमा थिइनँ’ सांसद वलीले भनिन्, ‘तर पछि मलाई राजनीतिकरुपमा सिध्याउने हिसाबले उहाँहरु लागेपछि वाध्य भएर मुद्दा दर्ता गर्ने निर्णयमा पुगेकी हुँ ।
आफूले माओवादी केन्द्र रोजेपनि एमालेले आफ्नै पार्टी दावी गर्दै कारवाहीको प्रक्रिया थालेको र छोरालाई उक्साएर अंश मुद्दा दर्ता गरेपछि आफूलाई असह्य भएको ओलीले बताइन् ।
मलाई उहाँहरूले सिध्याउन हरेक हतकण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनुभएन’ सांसद वलीले भनिन्, ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, अब कानुनी लडाईंमै उत्रिएँ ।
वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले लुम्बिनी प्रदेश सभा वैठक लगातार अवरुद्ध गर्दै आएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले निवर्तमान मुख्यमन्त्री पोखरेलविरूद्ध मुद्दा परेको र उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको बताए । सांसद वलीले उल्लेख गरेको घटनाको सुरुवात दाङ भएकाले दाङमा पठाइएको उनको भनाइ छ ।
दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले भने दाङमा उजुरी आइनसकेको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply