मुलुकलाई नेतृत्व गर्ने पार्टी ध्वस्त गर्न खोजिएको थियो : ओली
३० भदौं, बुटवल । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशभरीका कार्यकर्ताले जोगाएको बताएका छन् । उनले पार्टी ध्वस्त र समाप्त गर्न खोज्नेहरूबाट कार्यकर्ताले जोगाएको बताएका हुन् ।
बुटबलमा आयोजित कार्यकर्ता भेलामा ओलीले मुलुकलाई नेतृत्व गर्ने पार्टी ध्वस्त गर्न खोजिएको बताएका हुन् । यो पार्टी ध्वस्त पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो । केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो, उनले भने, देशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनु भएको छ ।
एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिष्ट आन्दोलन सफल हुने ओलीले दावी गरे । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्व बिना नहुने उनको भनाइ थियो । अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले भत्काउन मात्रै जानेको बनाउन नजानेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले गठबन्धन सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हाँस्यास्पद भएको टिप्पणी गरे ।
‘यिनीहरुले घण्टाघर बनाउँछन् रे, यिनीहरुले बनाउँदैनन् भत्काउन मात्रै जानेका छन्, यिनीहरुले भत्काए भने पनि हामी बनाउँछौ घण्टाघर’ ओलीको भनाइ छ । उनले भूकम्पका बेला नेकपा एमालेले २७ हजार घर, १३ हजार स्कुल र चौकीहरू बनाएको भन्दै अब एमाले परोपकारी संस्थाका रुपमा हाजिर भइरहेको र अझै भइरहेको अझ भइरहने दावी गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply