१२ जिल्लाका सीडीओ सरुवा : भक्तपुरमा शर्मा, ललितपुरमा उपाध्यायले पाए जिम्मा
३० भदौ, काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ सहसचिव र उपसचिवको सरुवा गरेको छ।
गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार उनीहरुको काज सरुवा गरिएको हो।
गृहको निर्णयअनुसार ललितपुरमा घनश्याम उपाध्याय, भक्तपुरमा रुद्रादेवी शर्मा, गुल्मीमा पुण्य विक्रम पौडेल र गोरखामा शंकरहरि आचार्यलाई सरुवा गरिएको छ।
यस्तै, मोरङमा काशिराज दाहाल, रामेछापमा दीपककुमार पहाडी, संखुवासभामा नुरहरि खतिवडा, दोलखामा टेकराज निरौला, चितवनमा आस्मान तामाङ, धादिङमा कृष्णप्रसाद लम्साल, उदयपुरमा वीरेन्द्रकुमार यादव र रुपन्देहीमा ऋषिराम तिवारीलाई काज सरुवा गरिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, संखुवासभाका टेकनाराण पौडेल, दोलखाका बासुदेव घिमिरे र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीको भने गत हप्ता सरुवा गरिएको थियो।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply