जालझेल आवश्यक छैन, जेठ २ मा फर्किएर अगाडि बढौं : शाक्य
३१ भदौ, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरश: कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।
एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले भनिन्, त्यसमा जालझेल आवश्यक छैन । २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं । विभाजनले कसैको हित नगर्ने भन्दै उनले सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनुपर्ने बताइन् ।
नेतृ शाक्यले अब प्यानलगत चुनाव गर्न नहुने पनि बताइन् । नवौं महाधिवेशनमा दुईवटा प्यानल बनाएर लडेको र एउटा जित्दा अर्कोले हारेपछि गुटबन्दी भएको शाक्यले बताइन् ।
पार्टीमा पछिल्लो समय विचारमा पनि विचलन आएको उनले बताइन् । ‘खासगरी नवौं महाधिवेशनपछि व्यवस्थित वैचारिक प्रशिक्षण गर्न सकेनौं । जब प्रशिक्षण र वैचारिक छलफलको अभाव भयो, कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं,’ शाक्यले भनिन्, ‘अब लुकाएर हुँदैन, हामीले यसको निर्मम समीक्षा गर्नैपर्छ । त्यो आँट नेतृत्व तहले गर्नैपर्छ ।
जनताले झण्डै दुई तिहाईको बहुमत दिएको र केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको बलियो उपस्थिति भएपनि पार्टीले जनमतको सम्मान गर्न नसकेको उनले बताइन् । शाक्यले अघि भनिन्, ‘फेरि पनि चुनावमा जानुपर्छ, हामी फुट्नु हुँदैन, हामी एकढिक्का हुनुपर्छ मनमा राखेनौं । पछि जेजे पर्छ,पर्छ भन्ने ढंगले सोच्यौं ।’
अब स्थानीय तहको निर्वाचनमा जाँदा जनतालाई के भन्ने भनेर नेतृत्वले सोच्नपर्ने उनले बताइन् ।
सम्बोधनका क्रममा शाक्यले २०७७ फागुन २३ को फैसलापछि एमाले बन्न नपाउँदा निकै पीडा भएको सुनाइन् ।
उनले अघि भनिन्, ‘कतिपय रात त सुत्न सकिनँ ।’ २०७८ जेठ १ मा १० नेता संलग्न कार्यदल बनेको र त्यसले १० बुँदे सहमति गरेपछि सबै पीडा बिर्सिएको उनले बताइन् । शाक्यले भनिन्, ‘बल्ल आफ्नै घरभित्र पस्न पायौं भनेर खुसी भएँ, सम्पूर्ण पीडा बिर्सिएँ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply