कांग्रेसले सार्वजनिक गर्यो थप पाँच जिल्लाको क्रियाशील सदस्यता
१० असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप पाँच जिल्लाको क्रियाशील सदस्य सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाका क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली सोमबारसम्म सार्वजनिक गरिने उनले बताएका छन् ।
कांग्रेसमा करिब नौ लाख क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता पनि हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाका पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छान्ने अधिकार पाउँछन् । कांग्रेसले यसपहिले ६४ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । ती जिल्लामा वडा अधिवेशन पनि भएका छन् ।
वडा अधिवेशन भइसकेका ५५ जिल्लामा शनिबारदेखि गाउँ–नगर अधिवेशन थालिएको केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले बताए । केही जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर दशैंअघि नै सबै पालिका अधिवेशन गर्ने निर्णय भइसकेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply