कांग्रेसले सार्वजनिक गर्यो थप पाँच जिल्लाको क्रियाशील सदस्यता
१० असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप पाँच जिल्लाको क्रियाशील सदस्य सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाका क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली सोमबारसम्म सार्वजनिक गरिने उनले बताएका छन् ।
कांग्रेसमा करिब नौ लाख क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता पनि हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाका पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छान्ने अधिकार पाउँछन् । कांग्रेसले यसपहिले ६४ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । ती जिल्लामा वडा अधिवेशन पनि भएका छन् ।
वडा अधिवेशन भइसकेका ५५ जिल्लामा शनिबारदेखि गाउँ–नगर अधिवेशन थालिएको केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले बताए । केही जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर दशैंअघि नै सबै पालिका अधिवेशन गर्ने निर्णय भइसकेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply