नेकपा एसका मन्त्रीको नाम तय, माधवले देउवालाई बुझाए लिष्ट

११ असोज, काठमाडौं । अध्यादेश फिर्ता लिएर सरकार विस्तारको तयारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ ।
स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाएका हुन् । नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको बताए ।
नेकपा एसले ६ मन्त्रालय पाउँदैछ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ । सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन । ती नेताले मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।
आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरिरहेको छ ।
माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले पनि अध्यादेश फिर्ता लिँदै चाँडो सरकार विस्तारका लागि पहल लिने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply