सीमा नाकामा अलपत्र रहेका कन्टेनर पठाउन चीन सहमत
१२ असोज, काठमाडौं । सीमा नाकामा अलपत्र करोडौं मूल्यको सामान बोकेका सयौं कन्टेनर पठाउन चीन सहमत भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कन्टेनर पठाउन चीन सहमत भइसकेकाले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङबाट छिट्टै कन्टेनर नेपाल भित्रिने जनाएको हो । दशैंका लागि नेपाली व्यवसायीले मगाएका सामग्री बोकेका कन्टेनर नाकामै रोकिँदा चाडपर्वका बेला नेपाली बजार स्टकमा चलिरहेको छ ।
मन्त्रालयका सचिव दिनेश भट्टराईले नाकामा रोकिएका कन्टेनर र ट्यांकर नेपाल ल्याउन कुटनीतिक तवरबाट पहल गरिरहेको बताए । चिनियाँ कोभिड प्रोटोकल मान्नै पर्छ । प्रोटोकल मेन्टेन गर्न समस्या भएको छ । सचिव भट्टराईले प्रोटोकल मेन्टेन गरेर नेपाली कन्टेनरलाई सहज व्यवहार गर्ने र तुरुन्तै नेपाल पठाउन चीन सहमत भएको बताउँदै छिट्टै आवश्यक सामग्री नेपाल भित्रिने उल्लेख गरे ।
तर के सहमति भएको छ भने तातोपानी र केरूङबाट आउने ट्याकरको संख्या वद्धि भएको छ । चीनले नेपाली ट्यांकरलाई सहज व्यवहार गर्ने र तुरुन्तै नेपाल पठाउने खबर आएको छ । एक दुई दिनमै नाकामा सहज अवस्था हुन्छ, उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply