मन्त्रीको नाम टुङ्गो लगाउन सत्ता गठबन्धन आन्तरिक छलफलमा
१२ असोज, काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छलफलमा जुटेका हुन् ।
यी दुई पार्टीले आजै (मंगलबार) मन्त्रीको नाम टुङ्ग्याउने तयारी गरेका छन् । एकीकृत समाजवादी र जसपाबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कसले लिने भन्ने रस्साकस्सी चलेको छ ।
भौतिक पूर्वाधार जसपालाई दिएर एकीकृत समाजवादीलाई सहरी विकास मन्त्रालय दिनेबारे छलफल भइरहेको छ । माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
आज मन्त्रालय टुङ्गो लागेमा भोलि र नलागेमा पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । मन्त्रालय भागबण्डाका विषयमा मोटामोटी समझदारी भइसकेकाले मन्त्रिपरिषद् विस्तारमा अब ढिलाइ नहुने सत्ता गठबन्धनमा आबद्ध नेताहरुले जानकारी दिएका छन् ।
दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन सहज भएको छ । यसअघि अध्यादेश खारेज गर्न नहुने नेकपा एकीकृत समाजवादीको आग्रह र खारेज गर्नु पर्ने जनता समाजवादी पार्टी जसपाको अडानका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या भइरहेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply