प्रतिनिधिसभाको बैठक आज बस्दै
१४ असोज , काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
एमालेले भने प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदको नाराबाजीबीच संसदको नियमित कामकारबाही अगाडि बढाउँदै आएका छन् ।
एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।
संसद्लाई विना अवरोध चलाउने वा संसदको जारी अधिवेशन अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । यसअघि, सभामुखले बोलाएको सर्वदलीय बैठक भने एमालेले बहिष्कार गरेको थियो ।
आजको संसद् बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply