कपिलवस्तुमा झाडाको प्रकोप : दुईको मृत्यु, दुई सय बढी बिरामी
२० असोज, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा दशैंको मुखमा फैलिएको झाडापखालाले सयौं बिरामी परेका छन् । वडा ७, ८ र ९ मा गरी दुई सय बढी बिरामी परेका छन् ।
बहादुरगञ्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ । गम्भीर बिरामीमध्ये २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र प्रादेशिक अस्पताल लुम्बिनी रिफर गरिएको छ । १३ जनालाई जिल्ला अस्पताल तौलिहवामा र सात जनालाई लुम्बिनीमा रिफर गरिएको शिवराज अस्पतालका डा. मुकेश चौधरीले जानकारी दिए ।
बिरामीको उपचारका लागि बेड अभाव भएको छ । अहिले कतिपय बिरामीको गाउँका निजी क्लिनिकमा उपचार भइरहेको छ । एउटै बेडमा दुई-तीन जना बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डा. चौधरीले जानकारी दिए । शिवराज अस्पताल छेउमै रहेको स्कुलको कोठा तथा टेन्टमा समेत बेडको व्यवस्था गरिएको छ ।
झाडापखाला कसरी फैलियो भन्नेबारेमा अध्ययन भइरहेको र अहिलेसम्म रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
झाडापखालाका कारण कृष्णनगर–९ का पाँच वर्षका राज कश्यप र कृष्णनगर–८ का ४० वर्षका रामप्रसाद केबटको भने ज्यान गएको छ । उनीहरूको घरमै ज्यान गएको सूचना आएको शिवराज अस्पतालका डा। मुकेश चौधरीले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply