मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदै
२४ असोज , काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (आइतबार) प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा शाक्ले विश्वासको मत लिन लागेकी हुन् ।
बागमती प्रदेशमा कुल ११० जना सांसदमध्ये एक सिट रिक्त छ । कोरोनाका कारण दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट खाली भएको हो । हाल बागमती प्रदेशसभामा १०९ जना सांसद छन् । बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका सभामुखसहित हाल ४३ जनामात्रै सांसद छन् । त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था छैन ।
बिपक्षी गठबन्धनले बागमती प्रदेशमा शाक्य नेतृत्वको सरकार ढालेर एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएका छन् । एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई विपक्षी गठबन्धले मुख्यमन्त्री बनाउने सहमती भइसकेको छ ।
पार्टीभित्रको विवादमा माधव नेपालाई साथ दिँदै आएकी शाक्यलाई पार्टी विभाज हुँदा नेपाल पक्षमा लाग्नबाट रोक्न एमाले अध्यक्ष केपी ओली खेमाले हतारहतार मुख्यन्त्री नियुक्त गरेको थियो । गएको २ भदौमा शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply