बारका पदाधिकारी र प्रधानन्यायाधीशबीच भेटघाट
७ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर छलफल गर्दैछन् । बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकको निर्णय बमोजिम भेटघाट हुन लागेको हो ।
पछिल्लो समय जबरा कार्यकारीसँग संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्मा भागबण्डा लिएको, न्यायालय सुधार अभियानमा अवरोध सिर्जना गरेको, आफ्ना स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको तथा तिनको सुनुवाइ अनिश्चित बनाएको जस्ता विवादास्पद क्रियाकलापका कारण आलोचना भोगिरहेका छन् । बार बैठकले यिनै विषयमा जबरालाई भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम आइबार बिहान ११ बजे आफूहरूले प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्न लागेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिएकी छिन् ।
प्रधानन्यायाधीश जबरा निरन्तर विवादमा तानिँदै गएपछि पूर्व न्यायाधीश फोरमले उनलाई निकास दिन आग्रह गरेको छ । उनले त्यसरी निकास नदिए प्रतिनिधिसभालाई उनीमाथि छानबिन गरी आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न पनि स्मरण गराएको छ । पूर्व न्यायाधीशहरू समेत प्रधानन्यायाधीश जबराविरुद्ध मुखरित भए पनि बारले केही पहल नलिएको भन्दै सार्वजनिक आलोचना भइरहेको छ ।
कात्तिक ५ मा बसेको बार बैठकले गोला प्रथाद्वारा पेसी सूची प्रकाशन गर्ने प्रणाली लागू गर्न समय सीमासहितको प्रतिबद्धताका लागि प्रधानन्यायाधीशलाई १५ दिनको समय दिएको थियो । बारले प्रधानन्यायाधीशसँग आजको भेटपछि थप धारणा सार्वजनिक गर्ने बताएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply