प्रधानन्यायाधीशले ‘राजीनामा’ दिनुपर्ने न्यायाधीशहरुको निष्कर्ष भोलि भेट्ने

८ कात्तिककाठमाडौं, । सर्वोच्च अदालतका १४ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई राजीनामा दिन सुझाव दिने भएका छन् । सोमबार फुलकोर्ट बहिष्कार गर्दै छुट्टै छलफलमा जुटेका १४ न्यायाधीशले न्यायिक क्षेत्रलाई स्वच्छ र विवादरहित राख्नका लागि प्रधान्यायाधीश राणालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको एक न्यायाधीशले जानकारी दिए ।
‘भोलि बिहान ११ बजे भेटेर राजीनामा दिन सुझाव दिन्छौं, उनले भने, राजीनामा नदिएको खण्डमा विद्रोह गर्छौं ।’ ‘फुलकोर्ट’ बहिष्कार गरेका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेका छन् । आज (सोमबार) बसेको १३ जना न्यायाधीशहरुको संयुक्त बैठकले भोलि विहान ११ः३० मा प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नगएका सर्वोच्चका न्यायाधीशहरु विहानैबाट छलफलमा जुटेका थिए । स्रोतका अनुसार बैठकमा केही न्यायाधीशले जबरालाई केही सुधार नगर्ने भएकाले भेट्नुको अर्थ नभएको धारणा राखेका थिए । तर केहीले भने मुद्दाको फैसला गर्दा त आरोपित पक्षलाई आफ्नो धारणा राख्न दिइन्छ भने यति गम्भीर आरोपबारे जबराको पनि धारणा सुन्नुपर्ने मत राखेका थिए । एक न्यायाधीश भन्छन्, ‘उहाँको धारणा पनि सुनौं भन्नेमा हामी सहमत भएका छौं ।’
उनका अनुसार भोलि सबै न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई भेट्ने छन् र आफ्नो धारणा राख्ने छन् । त्यसमा प्रधानन्यायाधीश जबराको जवाफ सुनेपछि फेरि सबै बसेर छलफल गर्ने र एउटा निर्णयमा पुग्ने सहमति न्यायाधीशरुबीच भएको छ ।
प्रधानन्यायाधीश जबराले सोमबार आफूबाहेक उपस्थित १३ न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर सोमबार ती कुनै पनि इजलास बस्न सकेन । प्रधानन्यायाधीश जबराले सोमबार हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका थिए ।
तर सोमबार सर्वोच्चमा उपस्थित भएका जबराबाहेकका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, डा. विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमाररेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा खाजा समयअघिसम्म छुट्टै बैठकमा बसे ।
अरु न्यायाधीश छुट्टै बैठकमा बसेपछि फुलकोर्ट बैठक बस्न सकेन । आइतबार छुट्टै बैठकमा सहभागी न्यायाधीश नहकुल सुवेदी भने सोमबार सर्वोच्च अदालतमा उपस्थित छैनन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply