न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराको जवाफ : सडकमा माग्दैमा राजीनामा दिन्नँ
९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने स्पष्ट पारेका छन् । मार्ग प्रशस्त गरिदिन आग्रहसहित आफूलाई भेट्न आएका सर्वोच्च अदालतका १५ न्यायाधीशलाई जबराले यस्तो जवाफ दिएका हुन् ।
पछिल्लो समयको विवादबीच चौतर्फी घेराबन्दीमा परेका प्रधानन्यायाधीश जबराले कसैको दबाब र प्रभावमा परेर राजीनामा नदिने अडान न्यायाधीशहरुसँग पनि लिएका हुन् । उनले आफ्नो नियुक्ति संवैधानिक भएकाले बाहिरबाट कुरा उठ्दैमा राजीनामा दिनुपर्छ भन्ने नरहेको जवाफ न्यायाधीशरुलाई दिएका हुन् । ‘मेरो नियुक्ति संवैधानिक नियुक्ति हो । बाहिरबाट कुरा उठ्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन’ जबराले न्यायाधीशहरुलाई दिएको जवाफ उद्धृत गर्दै सर्वोच्च स्रोतले भन्यो ।
उनले सर्वोच्चका अन्य कतिपय न्यायाधीशहरुमाथि पनि प्रश्न उठेकाले उनीहरुले पनि राजीनामा दिने भए आफू त्यसका लागि तयार रहेको बताएका छन् । ‘तपाईंहरुमध्ये कतिपयमाथि पनि प्रश्न उठेको छ । तपाईंहरु दिनुहुन्छ भने म पनि राजीनामा दिन्छु’ जबराले भने, अहिले कतिपयमाथि पनि प्रश्न उठेको छ । जो जोमाथि प्रश्न उठ्छ, उनीहरुले राजीनामा दिँदै जाने हो त ? यदि त्यसो होइन भने म पनि राजीनामा दिन्नँ, उनले भने, मेरो संवैधानिक नियुक्ति हो । मैले बाहिरिनु परेमा संवैधानिक बाटो नै अख्तियार गर्नेछु ।
फुल कोर्ट बहिष्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ, जबराले भनेका छन् ।
उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअधियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ । अहिले जबरालाई भेटेका न्यायाधीशहरु छलफलमा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply