प्रधानन्यायाधीश राणाले तोके ८ पेसी, होला त सुनुवाइ?
१२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा सुनुवाइका लागि आज शुक्रबार आठवटा इजलासमा पेसी तोकेका छन्।
पेसीअन्तर्गत प्रधानन्यायाधीश राणा र न्यायाधीश डा. कुमार चुँडालको संयुक्त इजलास तोकिएको छ भने अन्य एकल तथा संयुक्त इजलास तोकिएका छन्।
तर यो खबर लेख्दासम्म मुद्दा सुनुवाइ सुरु भएको छैन।
प्रधानन्यायाधीशलाई मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोप लागेका कारण न्यायलयमा प्रश्न उठेको र यसबारे स्पष्टीकरण माग्दै अन्य न्यायाधीशले इजलास बहिष्कार गरिरहेकाले गत सोमबारदेखि नै मुद्दा सुनुवाइ हुन सकेकाे छैन।
गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर समस्या समाधान गर्ने भनिए पनि बैठकै बस्न सकेन।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको दाबी गर्दै अन्य न्यायाधीशलाई संविधान र कानुनबमोजिम आआफ्ना जिम्मेवारी पूरा गर्न आग्रह गरेका थिए।
न्यायाधीशकाे इन्कारीका कारण मुद्दा सुनुवाइ हुन नसक्दा टाढाटाढाबाट आएका पालोमा परेका सेवाग्राही मर्कामा परेका छन्। रासस
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply