अफगानिस्तान उद्धार मिसन पुरा : ३० नेपाली आज काठमाडौं आइपुगे
१३ कात्तिक, काठमाडौं । अन्ततः अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने कार्य सकिएको छ । राजधानी काबुलमा तीन महीनादेखि उद्दारको पर्खाइमा रहेका नेपालीहरु आज बिहान काठमाडौं आइपुगेका छन् ।
उनीहरु काबुलबाट इरानको राजधानी तेहरान हुँदै हिजो साँझ दुबईमा पुगेका थिए ।
नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट ३० जना नेपाली काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थलले जनाएको छ । बिहान ८ बजे फ्लाइ दुबईले ३ जना र १० बजे नेपाल एयरलाइन्सले ३० जना नेपालीलाई ल्याएका थिए ।
तालिबानले काबुलको सत्ता नियन्त्रणमा लिएपछि नेपाल लगायतका मुलुकले आफ्ना नागरिकलाई उद्दार थालेका थिए । उद्दारको यो खर्च नेपाल सरकार आफैले व्योहोर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
करिब एक हजार नेपालीको उद्दार यसअघि नै भैसकेको छ । ३४ जना नेपाली भने काबुल विमानस्थल पुगेर पनि स्वदेश फर्किन पाएका थिएनन् । भिसाको अवधि सकिएको भन्दै उनीहरुलाई एयरपोर्टबाट फिर्ता गरिएको थियो । सरकारले उनीहरुको विलम्व शुल्क र टिकट शुल्क पनि तिरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply