ओलीले भने : कांग्रेस बुढो भयो, महाधिवेशन गर्ने क्षमता छैन
१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसमाथि प्रश्न उठाएका छन् । पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि अझै नगरेको भन्दै उनले कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताए ।
शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ५ वर्षभित्र गर्नुपर्ने, गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने, गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १३ वटा जिल्लामा भएको छ । बाँकी, बाँकी नै छ ।
मंसिर दोस्रो साता गर्ने भनिएको महाधिवेशन पनि गर्न नसक्ने भनिसकेको भन्दै ओलीले अघि भने, ‘महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो ।
उनले भने, ‘कांग्रेस बुढो भयो, विचार बुढो भयो, केही पनि छैन । महाधिवेशन आयोजना गर्न नसक्ने हालतमा पुग्यो ।
एमालेले असोज १५–१७ मा विधान महाधिवेशन गरेको र मंसिरमा अर्को महाधिवेशन गर्न भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘असाधारण जनउपस्थितिका साथ महाधिवेशन हुनेछ । एमालेको क्षमता देखेर दुनियाँ आश्चर्यचकित हुनेछ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply