बुद्धमूर्ति अनावरण गर्न राष्ट्रपति आज रुपन्देही जादै
१४ कात्तिक, रूपन्देही । राष्ट्रपति बिद्यादेवी भण्डारी आज भैरहवा आउन लागेकी छन् । भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा राखिएको जेड धातुको बुद्धमूर्ति अनावरण गर्न उनी भैरहवा आउन लागेकी हुन्।
मूर्ति अनावरणको लागि राष्ट्रपतिको आगमन सुनिश्चित भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिए । उनले आइतबार साढे १२ बजेदेखि बिमानस्थलमा मूर्ति अनावरण गरिने कार्यक्रम भएको बताए ।
यस क्षेत्रकै गौरवको विषय रहेको हुँदा मूर्ति अनावरण कार्यक्रममा सबै संघ संस्थाले अपनत्व लिन मूर्ति ल्याउने लुम्बिनी गार्डेन फाउण्डेशनले आव्हान गरेको छ । म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्ति १ मिटर लम्बाई र ६० सेन्टिमिटर चौडाई तथा १ हजार ८ सय किलोको रहेको फाउण्डेशका महासचिव एकराज गिरीले जानकारी दिए ।
उनले लुम्बिनीमार्फत समग्र नेपाललाई नै अन्तराष्ट्रिय क्षेत्रमा पहिचान दिलाउन मूर्तिले महत्वपूर्ण भूमिका खेल्ने बताए । गिरीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको साथै समग्र नेपालको प्रचार प्रसार साथै बुद्धको शान्तिको सन्देश संसार सामु पुर्याउने उद्देश्य रहेको बताए ।
साढे दुई अर्ब लागत लागेको यो मूर्ति केही दिनअघि भैरहवा विमानस्थल ल्याइएको हो ।
राष्ट्रपतिसँगै कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण पनि मूर्ति अनावरणमा आउने भएका छन् । उनी बिहानै रूपन्देही आएर तिलोत्तमाको पार्टी कार्यक्रममा सहभागी भएर विमानस्थल जाने कार्यक्रम रहेको छ
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply