कर्णालीका मुख्यमन्त्री शाहीले आजै राजीनामा दिंदै
१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही राजीनामा दिन तयार भएका छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूसँगको छलफलमा मुख्यमन्त्री शाही राजीनामा दिन सकारात्मक भएको जानकारी दिएका छन् । ‘राजनीतिमा अल्टिमेटम भन्ने हुँदैन । हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नु हुन्छ भन्नेमा विश्वस्त छु, क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ भन्नेमा विश्वस्त छु ।
नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार उनले राजीनामा दिन लागेको कर्णाली प्रदेशका एक मन्त्रीले जानकारी दिए । कांग्रेस–माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो ।
त्यही सहमति अनुसार २०७८ जेठ २४ गते २ मन्त्रालय लिएर कांग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो । उक्त सहमति अनुसार माओवादीबाट मुख्यमन्त्री बनेका शाही बाहिरिन लागेका हुन् ।
मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिएका थिए । राजीनामा दिनुअघि मुख्यमन्त्री शाहीले अपरान्ह क्याविनेट बैठक बोलाएका छन् । यस्तै कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीले पनि बैशाख ३ को सहमति कार्यान्वयनका लागि मार्गप्रशस्त हुन सक्ने बताइन् । यद्यपि अहिले छलफल जारी रहेकाले के हुने भन्न नसकिने उनको भनाइ थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार शाहीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकमा शाहीको राजीनामाको विषयमा छलफल हुने बुझिएको छ ।
तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो । त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्नेगरी महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीबीच लिखित सहमति भएको बताइँदै आएको छ । सोही सहमति कार्यान्वयन गर्नुपर्नेमा काँग्रेसले जोड दिँदै आएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply