१६ कार्तिक २०७८, मंगलवार ०२:५३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानमन्त्री देउवा र मोदीबीच बेलायतमा आज ‘साइडलाइन’ वार्ता
१६ कात्तिक, बेलायत । बेलायतको ग्लास्गोमा जारी जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप-२६) मा सहभागी भइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतका समकक्षी नेरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने भएका छन्।
सम्मेलनमा सहभागी भइरहँदा हिजै जम्काभेट भइसकेका यी दुई प्रधानमन्त्रीबीच आज ‘साइडलाइन’ वार्ता हुने भएको हो।
असार २९ गते पाँचाैँपटक प्रधानमन्त्री बनेयता देउवाले भारतका प्रधानमन्त्री माेदीलाई पहिलोपटक भेट्न लागेका हुन्। कांग्रेसकाे सभापतिमा दोहोरिन तयार देउवा भारत सरकार तथा भारतीय जनता पार्टीसँग सम्बन्ध सुधार्ने प्रयासमा छन्।
देउवाले अघिल्लो महिना पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतलाई दूतका रुपमा भारत पठाएका थिए। महतले प्रधानमन्त्री देउवाले चाँडै भारत भ्रमण गर्ने संकेत गरेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply