एमाले महाधिवेशन : माधव नेपालको पार्टीलाई नबोलाउने
१७ कात्तिक, काठमाडौं । नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ ।
एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् ।
हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं, भट्टराईले भने राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई हामीले बोलाउँदैनौ ।
उनले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताए । एमालेमै रहने निर्णय गर्नुअघि उनी एमालेका तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा थिए ।
गैर सांसदहरु रहेको दललाई संसदमा प्रवेश दिएको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ। एमालेको अबरोधकै बीचमा संसदको बर्खे अधिवेशन अन्त्य भइसकेको छ ।
एमालेले पार्टीको १०औं महाधिवेशनमा मुलुकका विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply