प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै
२३ कात्तिक , काठमाडौं । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन् । प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो ।
भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेका हुन् । प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन् । प्रधानसेनापति शर्मा सेनाको कासा जहाजबाट भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन् ।
नेपाल र भारतका सेना प्रमुखहरुलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा कार्तिक २४ गते हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा २०७७ कार्तिक २० गते नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान गरेकी थिइन् ।
नयाँदिल्ली पुगे लगत्तै भारतीय सैनिकको एक टुकडीले प्रधानसेनापति शर्माको सम्मानमा ‘सम्मान गारत’ दिनेछ । प्रधानसेनापति शर्माले मंगलबारै भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेसँग द्वीपक्षिय भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले भारतीय आर्म फोर्सका चिफ आफ डिफेन्स स्टाफ विपिन रावतसँग समेत भेट्ने छन् । भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भारतीय रक्षा सचिवसँग समेत द्धिपक्षिय हितका विषयमा छलफल गर्नेछन् । औपचारिक कार्यक्रम पूरा गरी प्रधानसेनापति शर्मा कार्तिक २६ गते शुक्रबार नेपाल फर्कने छन् ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण यो पटक राजधानी दिल्ली बाहिर कुनै पनि कार्यक्रम तय नगरिएको नेपाली सेनाले जनाएको छ । सन् १९५० मा भारतीय सेनाका प्रथम कमाण्डर इन चिफ के एम करिप्पालाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी दिइएको थियो । सन् १९५० देखि सुरु भएको यो प्रचलन सन् १९६९ मा एक पटक भंग भएको थियो । त्यसपछि भारतले नाकाबन्दी गरेका बेला पञ्चायतकालमा दुवै मुलुकका सेना प्रमुखहरुले मानार्थ महारथीको दर्ज्यानी लिएका थिएनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply