रोकिएको कांग्रेस महाधिवेशन आजदेखि अघि बढ्दै
२७ कात्तिक, काठमाडौं । चाडबाडका कारण बीचमा राेकिएकाे नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रक्रिया पुन: अगाडि बढाइने भएकाे छ। दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया शनिबार सुरु गर्न लागिएकाे हाे।
कांग्रेसले ६४ जिल्लाहरुमा यसअघि नै अधिवेशन प्रक्रिया सुरु गरेको थियो। जसमध्ये तराई र पहाडका जिल्लाहरुमा वडा र गाउँ/नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्।
५१ जिल्लाहरुमा वडा र स्थानीय तहको अधिवेशन कांग्रेसले सम्पन्न गरिसकेको छ। हिमालका १३ जिल्लाहरुमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व पनि आइसकेका छन्।
२१ हिमाली जिल्लामध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुरामा जिल्ला अधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आइसकेको छ।
क्रियाशील सदस्यता र समायोजनमा विवाद भएपछि महाधिवेशन प्रक्रिया सुरु हुन नसकेका १३ जिल्लामा कांग्रेसले शनिबारबाट वडा अधिवेशन सुरु गर्दैछ। यी जिल्लामा कात्तिक ३० गते गाउँ-नगरपालिका अधिवेशन निर्धारण गरिएको छ।
प्रदेश २ का आठ, सुदूरपश्चिमको कैलाली, कर्णालीको सुर्खेत र डोल्पा, लुम्बिनीको बाँके तथा बागमतीको रसुवा जिल्लामा वडा अधिवेशन सुरु हुँदैछ।
कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका ५१ र वडा अधिवेशन सुरु नभएका १३ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन गर्ने तयारी गरेको छ।
१३ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि आगामी मंसिर ३ गते ६४ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन सुरु गरिने कांग्रेसको कार्यतालिका छ।
कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ।
मंसिर २४ देखि २६ सम्म कांग्रेसले काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय भइसकेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply