सर्वाेच्च अदालतमा जारी विवादमा दलहरूको मौनता आश्चर्यलाग्दो : त्रिविका चार पूर्वउपकुलपति
२७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय का चार जना पूर्वउपकूलपतिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासम्बन्धी विवाद समाधानका लागि अघि सर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
त्रिविका पूर्वउपकूलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले शनिबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतमा देखिएको समस्यामा अग्रसरता लिन अनुरोध गरेका हुन्।
बार एसोसिएसनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षणन’ शीर्षकमा जारी विज्ञप्तिमा भनिएको छ, यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु अत्यन्त आश्चर्यलाग्दो छ।
लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको बार एसोसिएसनको आन्दोलन र जिम्मेवार निकायले देखाएको उदासिनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको उनीहरूले उल्लेख गरेका छन्।
विज्ञप्तिमा अगाडि भनेका छन्, गम्भीर कुरा के भने न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरूरी छ।
जनताले सरकारलाई गैरजिम्मेवार र राजनीतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्ने चेतावनी दिँदै पूर्वउपकुलपतिहरूले आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ अविलम्ब पाइला चाल्न सरकार र दलहरूलाई आग्रह गरेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply