प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै
१ मंसिर, मोरङ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने छन् ।
यसअघि हिजो मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरे पनि नेकपा (एमाले) का सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगन भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरी बैठक शुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगन गरेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दका कारण बैठकमा आफ्ना सांसदहरू सहभागी हुन नपाउने भन्दै एमालेले बैठक स्थगनको माग गरेको थियो ।
सभामुख भण्डारीले सदनमा विपक्षी सांसदहरूको उपस्थित भएको नदेखिएकाले बुधबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गर्दै बैठक स्थगन गरेका थिए । राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार गठन भएको थियो ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ९३ सदस्य रहेको प्रदेशसभामा पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । राईलाई बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply