३ मंसिर २०७८, शुक्रबार ०२:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राष्ट्रिय सभा निर्वाचन माघ १२मा गर्ने सरकारको निर्णय
३ मंसिर, काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो । महिला बालबालिक तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको बताइन् ।
आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् । सरकारले आयोगको प्रस्ताव बमोजिम नै निर्वाचन मिति तोकेर आयोगलाई तयारी अघि बढाउन आग्रह गरेको उनको भनाइ छ । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
दासढुङ्गा स्मृति दिवस: एमालेद्वारा वृक्षारोपणदेखि रक्तदानसम्मका कार्यक्रम
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
Leave a Reply