जबराको राजीनामा माग्दै नेपाल बारले सार्वजनिक गर्यो देशव्यापी विरोधका कार्यक्रम
४ मंसिर, काठमाडौं । नेपाल बार एसोसिएसनले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा नआएसम्म चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो।
बार महासचिव लीलामणि पौडेलले आन्दोलनका कार्यक्रमबारे शनिबार विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।
हामीले अदालतभित्र अत्याधुनिक हतियारसहितका दंगा प्रहरी प्रवेश गराउने र कानुन व्यवसायीमाथि बर्बर आक्रमण गर्ने कार्यको निन्दा र भर्त्सना गर्दै आन्दोलनका कार्यक्रम तय गरेका छौं, महासचिव पौडेलले भने।
आन्दोलनका कार्यक्रम अनुसार आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने बारको निर्णय छ। अदालतभित्र दंगा प्रहरीको प्रवेशको विरोधस्वरुप यो कार्यक्रम गरिने पौडेलले बताए।
सोमबार १० देखि १२ बजेसम्म देशभरका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोध सभा गर्दै आएकोमा निरन्तरता दिने, केन्द्रमा संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ।
मंगलबार हतम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रत्युत्तर, पुनरेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने नगराइने बारको निर्णय छ।
यसैगरी, बारले बुधबार नेपालका १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा बृहत् विरोध सभा आयोजना गर्ने निर्णय गरेको छ। त्यस्ता कार्यक्रममा नेपाल बारका केन्द्रीय प्रतिनिधि पर्यवेक्षक रहने छन्।
त्यसदिन उच्च अदालतका इजलास रहेका स्थानमा सभा हुने हुनाले बहस पैरबी नगर्ने निर्णय बारले गरेको छ।
मंसिर ९ र १० गते बारले काठमाडौं उपत्यकाका सबै बार इकाइका सदस्यको सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यकर्म गर्ने भएको छ।
यसैगरी, मंसिर २४, २५ र २६ गते पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको पनि बारले जनाएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply