एमाले महाधिवेशन : ठाउँ–ठाउँबाट जुलुस, चार घण्टामा उद्घाटनका कार्यक्रम सक्ने तयारी
चितवन, १० मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनको आज (शुक्रबार) मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनअघि विभिन्न ठाउँबाट र्याली निस्किन थालेको छ ।
चितवन एमाले अध्यक्ष पार्वती रावलका अनुसार भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुने छन् । त्यसपछि मुख्य तीन ठाउँबाट ¥याली निस्कने छ । पूर्वी क्षेत्रका लागि भरतपुरको केन्द्रीय बसपार्कबाट र्याली निस्कने छ । पश्चिम क्षेत्रका लागि नवलपुर गैंडाकोटमा भेला भएर ¥याली अगाडि बढ्ने छ । त्यस्तै मुग्लिन तर्फबाट आउनेहरुका लागि आँपटारीमा भेला भएर र्याली अगाडि बढेर उद्घाटन स्थलमा आउनेछ । भरतपुरका अन्य मुख्य चोकहरुबाट निस्कने याली बसपार्कबाट आउने र्यालीमा मिसिँदै अगाडि बढ्ने अध्यक्ष रावलले जानकारी दिइन् ।
एमालेले उद्घाटन समारोहमा पाँच लाखलाई सहभागी गराउने दाबी गर्दै आएको छ । महाधिवेशन उद्घाटनका लागि नारायणी नदीको किनारलाई आमसभास्थल तय गरेर भव्य मञ्च निर्माण गरेको छ । आमसभा स्थलमा सबै नअटाउने भएका कारण बाहिर बसेर पनि भाषण सुन्नका लागि ठाउँ ठाउँमा डिजिटल डिस्प्ले बोर्डहरु राखिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा कुल दुई हजार १७५ जना प्रतिनिधि बन्दसत्रमा सहभागी हुने छन् । बन्दसत्र सौराहामा हुँदैछ । उद्घाटनसत्रमा सहभागी हुनेहरुका कारण चितवनको राजमार्ग क्षेत्र र सडकमा भीडभाड बढ्ने भएको हुँदा व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिले यातायात सञ्चालन सम्बन्धित विभिन्न निर्णयहरु गरेको छ । मुख्य सडकहरुमा बिहान नौ बजेपछि साँझ पाँच बजेसम्म अत्यावश्यक सेवाबाहेकका गाडीहरु आउन पाउने छैनन् । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन कार्यक्रमका दिन राजमार्ग क्षेत्रमा ठूला मालवाहक ट्रकबाहेक अरु गाडी रोक्नलाई अनुरोध नगरेको बताए ।
चार घण्टामा उद्घाटन कार्यक्रम सक्ने लक्ष्य
करिब ५० लाख खर्चिएर बनाएको निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भइसकेको छ। उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने एमालेले जनाएको छ । महाधिवेशनमा २,१७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।
महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने तय भएको छ ।
निम्ता पाएर पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने भएका छन्। उनी शुक्रबार काभ्रेको खानीखोला र महाभारत गाउँपालिकामा पार्टीको अधिवेशन उद्घाटन गर्न हेलिकोप्टरबाट जाँदैछन् । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए । त्यस्तै उनले २५ देशबाट विभिन्न राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका बताए ।
यो पटक एमालेले ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौं’ मूल नारा तय गरेको छ । महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेपछि कार्यक्रम करिब चार घण्टासम्म चल्ने भएको छ । एमालेले मध्यहान्ह साढे १२ बजे सुरु गरेर साढे ४ बजे उद्घाटन कार्यक्रम सक्ने योजना बनाएको छ । नारायणी किनारमा उद्घाटन सकिएपछि बन्द सत्र सौराहाको सेभेन स्टार रिसोर्टमा हुनेछ ।
एमाले बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले कार्यक्रममा धेरै वक्तालाई बोल्न नदिई शीर्ष नेतालाई मात्रै सम्बोधनका लागि कार्यतालिका बनाइएको बताए । उद्घाटन सत्रमा ७२ जना कलाकारले एकसाथ राष्ट्रगान प्रस्तुत गर्ने छन् । त्यस्तै चितवनस्थित विभिन्न जातजातिका सांस्कृतिक झाँकी पनि प्रस्तुत हुनेछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply