डब्लुएचओद्वारा नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह
१२ मंसिर, काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट भेटिएसँगै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालसहित दक्षिणपूवी एसियाका देशलाई सर्तकता अपनाउन आग्रह गरेको छ । डब्लुएचओले आज विज्ञप्ति जारी गर्दै नेपालसहितका दक्षिण एसियाली मुलुक नयाँ भेरिएन्टको उच्च जोखिममा रहेको बताएको छ ।
दक्षिण अफ्रिकी मुलुकहरुमा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमाइक्रोन’ देखिएसँगै डब्लूएचओले दक्षिणपूर्वी देशहरुलाई सर्तकता अपनाउन अनुरोध गरेको हो। नयाँ भेरियन्ट देखिएसँगै विश्वव्यापी रुपम नयाँ भेरिएन्ट संक्रमित केस बढ्दै गएको र यसले चिन्ता बढाएको उसले जनाएको छ।
डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले प्रेस विज्ञप्ति जारी गर्दै निगरानी बढाउन, सार्वजनिक स्वास्थ्य र सामाजिक उपायहरूलाई सुदृढ गर्न र खोपको कभरेज बढाउन अनुरोध गरेकी छिन्।
हाम्रो क्षेत्रका धेरैजसो देशहरूमा कोभिड–१९ का केसहरू घट्दै गएको भए तापनि विश्वका अन्यत्रका केसहरूमा भएको वृद्धि भइरहेको छ। अझ चिन्ताको विषय नयाँ भरिएन्टको पुष्टि हुनु हो। भाइरसविरुद्ध जोगाउन र यसको फैलावट रोक्न हाम्रा मापदण्ड अपनाउन छोड्नु हुँदैन, क्षेत्रीय निर्देशक डा क्षेत्रपाल सिंहले भनिन्।
उनले खोपले भाइरसका कारण गम्भीर रोग र थप फैलन सक्ने जोखिम कम हुने भएकाले खोप कार्यक्रमलाई निरन्तरता र सावधानी बढाउनुपर्ने बताएकी छन्। डब्लूएचओको टेक्निकल टीमले नयाँ भेरिएन्टको संक्रामक क्षमता, निदान र उपचारबारे थप अनुसन्धान गरिरहेको समेत जनाएको छ।
संक्रमितको संख्या कम हुँदैमा महामारी समाप्त भइनसकेको भन्दै क्षेत्रीय निर्देशक क्षेत्रपालले चाडपर्व र उत्सवहरुमा सबै स्वास्थ्यका मापदण्ड पालना गर्न, भीडभाड नगर्न र जमघट कम गर्न आग्रह गरेकी छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply