१६ मंसिर २०७८, बिहीबार १३:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि
भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।
भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी भारतीय राज्य कर्नाटकमा दुईजनामा ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिएको हो।
४६ र ६६ वर्षका दुई पुरुषमा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि आजै भारत आएका चारजना विदेशी यात्रुमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। दक्षिण अफ्रिकामा गत नोभेम्बर २४ मा ओमिक्रोन पहिलोपटक देखिएको थियो।
त्यसयता विश्वका बिभिन्न मुलुकमा पनि ओमिक्रोन देखिएपछि विशेष सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सबै मुलुकलाई बिशेष आग्रह गरिसकेको छ।
बुधबार अमेरिकामा ओमिक्रोनको पहिलो संक्रमण भेटिएको थियो। त्यसअघि जापान लगायत मुलुकमा पनि ओमिक्रोन संक्रमण देखिएको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply