रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार
२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् ।
उनले रामचन्द्र पौडेलको नाममा सहमति जुटेमा आफू दावी छाड्न तयार रहेको बताएका हुन् । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षबाट सभापतिमा साझा उम्मेदवार छनोट गर्न नेताहरुबीच छलफल भएको थियो ।
त्यस क्रममा वरिष्ठ नेता पौडेलले सभापतिका आकांक्षी नेताहरुसँग एक्लाएक्लै छलफल गरेका थिए ।
उनले महामन्त्री कोइरालालाई आफूलाई समर्थन गर्न आग्रह गर्दै अरु नेताहरुलाई आफूले मिलाउने बताएका थिए । जवाफमा कोइरालाले ‘तपाईका लागि छाड्छु, अरुलाई मिलाउनुस्’ भनेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
१४ औं महाधिवेशनका लागि पौडेल पक्षबाट पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिको आकांक्षी छन् ।
सभापतिको साझा उम्मेदवार टुंगो लगाउन प्रकाशमान सिंह निवासमा बसेको बैठक विना निश्कर्ष सकिएको छ । नेताहरुका अनुसार बुधबार पुन छलफल हुनेछ । बुधबारको छलफलमा पौडेल पक्षका जिल्ला सभापति, पूर्वसभापतिहरु, प्रदेश समितिका सभापति तथा प्रदेश अधिवेशनमा पराजित पौडेल पक्षका उम्मेदवारहरु सहभगी हुनेछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply