कांग्रेस महाधिवेशन : उद्घाटनको दिनसम्म साझा उम्मेदवारीमा अलमल
२४ मंसिर, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज १४ औं महाधिवेशन शुरु हुँदैछ । काठमाडौंको भृकृटीमण्डपमा तयार मञ्चमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका छ ।
तर महाधिवेशन उद्घाटनका दिनसम्म (यो समाचार तयार गर्दासम्म) कांग्रेसको संस्थापन र इतर दुबै समूहका नेताहरूले पार्टी सभापतिकै उम्मेदवारी निश्चित गर्न सकेका छैनन् । अन्य पदाधिकारीमा उठ्ने उम्मेदवार तोक्न पनि बाँकी नै छ । संस्थापन पक्षबाट प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि पनि पुनः सभापति पदमा उम्मेदवारी दिने निश्चित भए पनि विभिन्न नेता तथा समूहका अन्यले पनि यसमा प्रतिस्पर्धा गर्ने बताइरहेका छन् । यस्तै अन्य पदाधिकारीमा पनि धेरै जना आकांक्षी देखिएका छन् ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस परेको छ । नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आ-आफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न हम्मे परेको हो । तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोडेका छन् ।
संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् ।
महामन्त्री शशाङ्क कोइरालाले पनि वरिष्ठ नेता पौडेलका लागि मात्रै आफूले दाबी छाड्ने बताएका छन् । नेता विमलेन्द्र निधिले यसअघि नै सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन समूहमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले पनि चुनौती दिएको छैन । पौडेल समूहले उम्मेदवारीलाई अन्तिम रुप दिएपछि आफ्नो समूह घोषणा गर्ने देउवाको तयारी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply