एमाले केन्द्रीय कमिटी बैठक, १५ एजेण्डामा छलफल हुने
२५ मंसीर, काठमाडौं । आज देखि सुरु हुने नेकपा एमाले केन्द्रीय कमिटीमा बैठकमा १५ वटा एजेण्डामा छलफल हुने भएको छ ।
१०औं महाधिवेशन पछिको दोस्रो केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य चयनदेखि शपथग्रहण गर्न बाँकी सदस्यहरूको सपथ ग्रहण गराउनेलगायतका एजेण्डामा छलफल हुन लागेको हो ।
केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाँकी केन्द्रीय सदस्यहरूको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन, कार्यविभाजनलगायतमा छलफल हुनेछन् ।
यसैगरी, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालयको व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण, जनसंगठन सुदृढीकरण अभियानलगायतका एजेन्डामा छलफल हुने तामाङले जानकारी दिएका छन ।
बैठक जर्मन हाउस हस्पिलालिटी गठ्ठाघरमा शनिबार दिउँसाे १ बजेदेखि सुरु हुँदै छ । गत १० मंसिरमा १० औं महाधिवेशनवाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले केन्द्रीय समितिको पहिलो बैठक सौराहा, चितवनमा सम्पन्न गरेको थियो ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply