शशांकलाई देउवाको प्रस्ताव : मेरो टिममा उपसभापति बस्नुस्
२५ मंसिर, काठमाडौं । कांग्रेस महामन्त्री डा.शशांक कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ लागेका छन् । महाराजगञ्जस्थित निवासबाट डा. कोइराला बालुवाटारतर्फ लागेका हुन् ।
आफ्नो निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला कोइराला भने देउवालाई भेट्न भन्दै बालुवाटार निस्केका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाबीच गठबन्धनको प्रयास शुरु भएको छ ।
स्रोतका अनुसार सभापतिका उम्मेदवार देउवाले कोइरालालाई आफ्नो टिमको उपसभापति बस्न प्रस्ताव गरेका हुन् । दीपक खड्का र भरत तिवारीले देउवालाई भेटाउन शशांकलाई लिएर गएका छन् ।
कोइराला देउवा भेट्न हिँडे पनि उनको निवासमा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बसिरहेका छन् । आजै कोइरालालाई कांग्रेस नेता एनपी साउदले भेटेका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply