टिम देउवा :खड्का र गच्छदार उपसभापति, प्रकाशशरण र प्रदीप महामन्त्री
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले नयाँ नेतृत्वका लागि अघि सार्ने टिमको टुंगो गरेको छ।
शेरबहादुर देउवाले सभापतिमा दोहोरिने योजनासहित पूर्व महामन्त्री कृष्ण सिटौलाको साथ लिएर टिम तयार पारेका हुन।
देउवा समूहबाट वर्तमान उपसभापति विजय गच्छदार फेरि उपसभापतिमै उठ्ने भएका छन्।
अर्को उपसभापतिमा वर्तमान महामन्त्री पूर्णबहादुर खड्काको नाम तय भएको छ।
त्यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र सिटौला समूहका नेता प्रदीप पौडेलको नाम पक्का भएको छ।
महामन्त्रीमा पौडेललाई अघि सारिएपछि संस्थापनमा तीव्र असन्तुष्टि देखिएको छ।
देउवा समूहमा महामन्त्रीका लागि बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्कीसहित दौडमा थिए।
सहमहामन्त्री
सभापति देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँचीलाई अघि सारिएको छ।
त्यस्तै मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई सहमहामन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply