टिम देउवा :खड्का र गच्छदार उपसभापति, प्रकाशशरण र प्रदीप महामन्त्री

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले नयाँ नेतृत्वका लागि अघि सार्ने टिमको टुंगो गरेको छ।
शेरबहादुर देउवाले सभापतिमा दोहोरिने योजनासहित पूर्व महामन्त्री कृष्ण सिटौलाको साथ लिएर टिम तयार पारेका हुन।
देउवा समूहबाट वर्तमान उपसभापति विजय गच्छदार फेरि उपसभापतिमै उठ्ने भएका छन्।
अर्को उपसभापतिमा वर्तमान महामन्त्री पूर्णबहादुर खड्काको नाम तय भएको छ।
त्यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र सिटौला समूहका नेता प्रदीप पौडेलको नाम पक्का भएको छ।
महामन्त्रीमा पौडेललाई अघि सारिएपछि संस्थापनमा तीव्र असन्तुष्टि देखिएको छ।
देउवा समूहमा महामन्त्रीका लागि बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्कीसहित दौडमा थिए।
सहमहामन्त्री
सभापति देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँचीलाई अघि सारिएको छ।
त्यस्तै मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई सहमहामन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply