उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रिया थाल्ने फुलकोर्ट’ को निर्णय
२९ मंसिर,काठमाडौं । सर्वोच्च अदातलतको पूर्ण बैठक ‘फुलकोर्ट’ ले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निणर्य गरेको छ । आज बसेको पूर्ण बैठकले उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्नका लागि गोला प्रणाली अपनाउने निणर्य गरेको हो ।
उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्नका लागि कानुनी व्यवस्था गर्न फूल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निणर्य गर्दै त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न निर्देशन दिएको हो । जिल्ला अदालत नियमावली, २०७५ र उच्च अदालत नियमावली, २०७५ मा गोला प्रक्रियाबाट पेसी तोक्ने व्यवस्था लागु गर्न आवश्यक पर्ने संशोधन प्रस्ताव पेस गर्न फूल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ, उनले भने ।
गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नका लागि निर्देशिका तयार पार्न पनि फूलकोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीश बसेर फुलकोर्टले निणर्य गरेको थियो । उक्त निणर्यमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेका छन् ।
सर्वोच्च अदलातमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी तोकिँदै आएको छ । प्रधानन्यायाधीश जवरा विवादमा परेपछि न्यायाधीशहरूले उनले तोकेको इजलास बहिस्कार गर्दै आएका थिए । पछिल्लो समय प्रधानन्यायाधीश जबराले फुलकोर्टमा भौतिक रूपमा उपस्थिति जनाउन सकेका छैनन् । तर आफू बाहकेका न्यायाधीशले गरेको निणर्यलाई उनले हस्ताक्षर गरी कार्यान्वयनका लागि बाटो खोल्दै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply