राष्ट्रिय सभा चुनाव : आजदेखि १० गतेसम्म दल दर्ताको समय
१ पुस, काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि राजनीतिक दलले आज देखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ । आउँदो फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने चुनावमा भाग लिन चाहने राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने चुनावको तयारी अगाडि बढाएको पनि आयोगले जानकारी दिएको छ । यसअघिकै कार्यतालिका र कार्यक्रमअनुसार चुनावको आन्तरिक तयारी अघि बढिरहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।
राष्ट्रिय सभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य छन् । यही पुस १७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम पुस २० गते हुनेछ । चुनावमा भाग लिने उम्मेदवारलाई पुस २५ गते चुनाव चिह्न प्रदान गरिने छ । पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि प्राप्त गर्ने छन् । माघ १२ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ ।
राष्ट्रिय सभा सदस्य चुनावमा मतदाता प्रदेश सभा सदस्य, पालिका प्रमुख/उपप्रमुख रहने छन् । चुनावका लागि आयोगलाई अर्थ मन्त्रालयले पाँच करोड ९० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply