माधवले खुट्टा नकमाउने
काठमाडौं । एमालेको नवौं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूको दौडधुप तीव्र बनेको छ । भारतमा उपचार गराएर केपी ओली स्वदेश नफर्किंदै वरिष्ठ नेता माधवकुमार नेपालले एक चरण उपत्यकाबाहिर पुगेर आफ्नो स्थिति आँकलन गरिसक्नुभएको छ ।
जिल्लाको भ्रमणपछि वरिष्ठ नेता नेपालको निष्कर्ष छ– ‘माहोल राम्रो छ ।’ आफ्ना विरुद्धमा रातारात समीकरण बनाएर नकारात्मक प्रचार थालिए पनि आम कार्यकर्ताको भावना र पार्टीको आवश्यकताका हिसाबले अध्यक्षमा आफ्नो पल्लाभारी हुने निष्कर्षमा उहाँ पुग्नुभएको छ । वरिष्ठ नेता नेपालले यसबीचमा स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरूसँग सामूहिक र एक्लाएक्लै भेटेर भावी रणनीति तयार गरिरहनुभएको छ । मंगलबार बिहान उहाँसँग छलफल गरेका एक पोलिटब्युरो सदस्यले बताए अनुसार, आगामी महाधिवेशनबाट नेतृत्व लिने गरी उहाँ अघि बढ्नुभएको छ ।
अध्यक्षका अर्का आकांक्षी केपी ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्के पनि हिँडडुल, भाषण र दैनिक कामकाज गर्न कठिन छ । उहाँका चिकित्सकले स्वास्थ्यलाई ख्याल गरेर धेरै दौडधुप नगर्न सुझाव दिइरहेका छन् । तर, उहाँका नाममा देशभित्र भइरहेको प्रचार, दिनदिनैका बैठक, भेला र चर्का अभिव्यक्तिहरूले पनि वरिष्ठ नेता नेपाललाई तयारी गर्न झन् दबाब परेको हो ।
सोमबार आफूलाई लक्षित गरी ओलीको भनाइ आएपछि वरिष्ठ नेता नेपालले केही निकट नेताहरूसँग छलफल गर्नुभएको थियो । तुरुन्तै प्रतिक्रिया व्यक्त गर्ने नेपालको बानी थाहा पाएकाले होला, महासचिव ईश्वर पोखरेलले समेत उहाँलाई त्यसको जवाफ नदिन सुझाव दिनुभएको थियो । पोखरेलको भनाइ थियो– ‘ओलीको बानी तपाईंलाई थाहै छ । उहाँको चल्ने मुख नै हो । तर, त्यसको प्रतिक्रिया नदिनुहोला ।’
ओलीनिकट भनेर उहाँका नाममा राजनीतिक गरिरहेकाहरूले नै उहाँलाई सर्वसम्मत हुन नदिनका लागि भूमिका निर्वाह गरिरहेको देखिएको छ । एकताका ओलीको नाम पनि सुन्न नचाहने वामदेव गौतमदेखि महेश बस्नेतसम्मले वरिष्ठ नेता नेपालाई चिढाउने गरी अभिव्यक्ति दिइरहेका छन् । महासचिव पोखरेल र सचिव विष्णु पौडेलका सामुन्ने सोमबार नेपालले प्रस्ताव गर्नुभयो– ‘यदि मलाई सल्लाहकार समितिको सभापति बनाउने कसैले सपना देख्छ भने त्यसभन्दा पहिला केपीलाई ज्येष्ठ कम्युनिस्ट मञ्च र वामदेवलाई वृद्ध कम्युनिस्ट मञ्चको अध्यक्ष बनाउनुपर्छ ।’ उहाँको कथन थियो– ‘काम गर्न नसक्नेहरूलाई मुख्य जिम्मेवारी दिने कुराले पार्टी र आन्दोलनको हित गर्दैन ।’
बिहानै सिटौला कोटेश्वर
यसैबीच, तीन प्रमुख राजनीतिक दलबीच गोरखाको फुजेल घटनाका कारण असमझदारी बढेपछि त्यसको समाधानका लागि भूमिका खेलिदिन कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाले वरिष्ठ नेता नेपाललाई अनुरोध गर्नुभएको छ । मंगलबार बिहानै नेपाल निवास कोटेश्वर पुगेर उहाँले भन्नुभयो– ‘यहाँ त बिगार्लान् जस्तो भइसक्यो । तपार्इंले अग्रसरता लिनुपर्यो ।’ वरिष्ठ नेता नेपालले आफ्नो तर्फबाट जिम्मा लिएको भूमिका निर्वाह हुने बताउनुभएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply