माओवादी केन्द्र बागमती अध्यक्षमा सरल सहयात्री विजयी
६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेश नेतृत्व चयनका लागि गरेको चुनावमार्फत सरल सहयात्री अध्यक्षमा निर्वाचित भएका छन् । कुनै पनि तहको नेतृत्व चयनका लागि माओवादी केन्द्रले चुनाव गरेको यो पहिलो पटक हो । बागमती प्रदेश नेतृत्व चयन गर्न सोमबार राति सम्पन्न मतदानको आज (मंगलबार) बिहान ३ बजेतिर सार्वजनिक गरिएको हो ।
सार्वजनिक नतिजाअनुसार प्रतिस्पर्धी दिनानाथ गौतमलाई हराउँदै सहयात्री माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्ष बनेका हुन् । गौतमलाई ७६ मतले उछिन्दै सहयात्रीले अध्यक्ष पद जितेका हुन् । विजयी सहयात्रीले १६२ मत ल्याए भने गौतमले ८६ मत। जम्मा २ सय ६१ भोट खसेको थियो ।
तल्लो तहदेखि सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादी केन्द्रले बागमती अध्यक्ष पदमा भने सहमति जुटाउन सकेन । गत मंसिर २५ र २६ गते काठमाडौंमा भएको बागमती प्रदेश सम्मेलनले २७५ सदस्यीय प्रदेश कमिटी चयन गरे पनि अध्यक्षसहितका पदाधिकारीमा सहमति हुन सकेको थिएन । जति प्रयास गर्दा सहयात्री र गौतमले दाबी नछोडेपछि पदाधिकारीको निर्वाचन गरिएको हो ।
निर्वाचनबाट बागमती उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । अन्य ७ उम्मेदवारलाई पछि पार्दै यी तीन जना विजयी भएका हुन् । यसैगरी सचिव पदमा काभ्रेका इन्द्रबहादुर थिङ विजयी भएका छन् । सचिवका प्रतिस्पर्धीद्वय रामचन्द्र अधिकारी र धर्म डंगोललाई हराउँदै थिङ चुनिएका हुन् । यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्ष संगीता भट्टराई भएकी छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply