एमाले अवरोधकैबीच आज प्रतिनिधिसभाको बैठक बस्दै

६ पुस, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो बस्दैछ । बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बैठकका लागि सम्भावित चार कार्यसूची तय गरिएको छ । संसद् सचिवालयका अनुसार सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ । यस्तै सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने । तर नेकपा एमालेले भने निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ ।
यसैबीच बहुचर्चित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भने आजको बैठकको सम्भावित कार्यसूचीमा छैन ।
संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले चल्न दिनेमा शंका छ । एमालेले दोस्रो पटक संसद पुर्नस्थापना भययता हरेक बैठकमा अवरोध गर्दै आएको छ । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई निष्कासन नगरेसम्म संसदको अवरोध जारी राख्ने एमालेको अडान छ ।
तर, सभामुख सापकोटा भने नेपाललगायतका सांसदहरुलाई कारबाहीको सूचना टाँस्न तयार छैनन् । पूर्व एमाले सांसद भए पनि हाल उनीहरुले नयाँ पार्टी एकिकृत समाजवादी गठन गरिसकेका छन् । सोही पार्टीको समर्थनमा बहुमत जुटाएर कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले सरकारको नेतृत्व गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply