६ जनालाई कोभिड, माओवादी केन्द्रीय कार्यालय बन्द, प्रचण्डको भेटघाट रोकियो
२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत पाँच जनासहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सीपबहादुर बस्नेतसहित लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी र विनोद थापालाई कोरोना देखिएपछि कार्यालय बन्द गरिएको हो । आफूसँग भेटघाटमा रहिरहने ६ जनामा कोरोना पुष्टि भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक भेटघाट पनि रोकेका छन् ।
लेखा प्रमुखसहित ६ जनालाई कोरोना पुष्टि भएपछि कार्यालयमा अति जरुरी बाहेक सबै सेवा बन्द गरिएको छ, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले भने,क्यान्टिन पनि पूणर्रुपमा बन्द गरिएको छ । सुरक्षा र स्वास्थ्य सावधानी अपनाउन अध्यक्षसँगको प्रत्यक्ष भेटघाट पनि रोकिएको छ ।
राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै तीन दिनयता भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं, सचिवालयले भनेको छ, यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ। हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं । प्रचण्डले अब कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिमार्फत अघि बढाउने भएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply